+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित

अनिल खत्री अनिल खत्री
२०७७ साउन १० गते ९:२८

१० साउन, गुल्मी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् ।

खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको इस्मा गाउँपालिकाको चौरासी, मदानेको पुर्कोट दह, मालिका गाउँपालिकाको सिमलटारी, रेसुंगा नगरपालिकाको सिमीचौरका कृषकहरुले सहकारीमार्फत् मकैको बीउ उत्पादन गरेका छन् ।

रेसुङ्गा नगरपालिकाको सिमीचौरको बासखर्क कृषि सहकारी संस्था, इस्मा गाउँपालिकाको दीपज्योति बहुउद्देश्यीय कृषक समूह र मदाने गाउँपालिकाको पुर्कोटको उद्यमशील कृषि सहकारी संस्थामा प्रशोधन मेशिनरीसहित पोष्ट हार्भेष्ट सेन्टर (बीउ प्रशोधन तथा भण्डारण गृह) सामग्रीहरुसमेत उपलव्ध गराइएको मकै जोन गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेले जानकारी दिए ।

गुल्मीमा मनकामना–३, मनकामना–६, देउती, अरुण २ अरुण–४ रामपुर कम्पोजिट बीउ उत्पादन गरिएको मकै जोन परियोजनाले जनाएको छ । जिल्लामा उत्पादित बीउ प्रशोधनसहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत निकासी हुने गरेको छ ।

मकै जोन क्षेत्रबाट गुल्मी जिल्लामा यस वर्ष २५५ हेक्टर क्षेत्रफलमा ४५९ मेट्रिक टन बीउ उत्पादन हुने र बीउ बिक्रीबाट २ करोड ४२ लाख २० हजार ८ सय रुपैयाँ  आम्दानी गर्ने लक्ष्य रहेको मकै जोन गुल्मीले जनाएको छ ।

अघिल्लो वर्ष १६० हेक्टर क्षेत्रफलमा २०० मेट्रिकटन उत्पादन भएको थियो । उत्पादित बीउमध्ये ५० मेट्रिकटन जिल्लामै खपत भएको थियो भने ५० मेट्रिकटन बीउ बाहिरी जिल्लामा निर्यात गरिएको थियो । बाँकी १ सय मेट्रिकटन कृषकले खानामा प्रयोग गरेका थिए ।

किसानले उत्पादन गरेको मकैको बीउ जातअनुसार ५२ रुपैयाँदेखि ६५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री हुने गरेको छ ।

यस वर्ष बीउलाई खानाको निम्ति प्रयोग गर्न नदिन र पुरै बीउ बिक्रीका लागि मात्रै प्रयोग गर्न मकै जोन गुल्मीले सहकारीलाई आग्रह गरेको छ । मकै जोन पकेट क्षेत्रमा बीउ उत्पादनसँगै हरिया बेमौसमी मकै उत्पादनमा पनि जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?