+
+

एक रुपैयाँ घुस लिनेलाई पनि छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १६:११

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् ।

अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अपरेसनको पनि खुलेरै बचाउ गरे ।

सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको उनको भनाइ छ ।

यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । सार्वजनिक खरिदको निर्णयलाई पनि नीतिगत हुनै नसक्ने घिमिरे बताउँछन् । पछिल्लो भ्रष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढे जस्तो देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?