+
+
Shares

पैसा लिएर सामान डेलिभर नगर्ने कुरियरका प्रतिनिधि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते ८:२१

१२ साउन, काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् ।

उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए ।

उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने गरेका थिए । तर, रकम लिएर सामान डेलिभर नगरेको अभियोग उनीमाथि छ ।

शाहविरुद्ध ८ जनाले किटानी जाहेरी दिएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ ठगी गरेको निवेदन छ ।

शाहबाट अन्य पनि ठगिएको हुनसक्ने आशंका प्रहरीको छ । महाशाखाका एसएसपी दिपक थापाले शाहबाट पीडित अन्य व्यक्ति पनि भए, प्रहरी कहाँ सम्पर्क गर्न भनेका छन् ।

शाहविरुद्ध मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?