Comments Add Comment

कोरोना महामारीपछि खेलाडीको चोट ४५ प्रतिशतले बढ्यो

१२ साउन काठमाडौं । कोरोना महामारीपछि फेरि सुरु भएको फुटबलमा चोटको प्रतिशत बढेको पाइएको छ । स्पानिस अनलाइन मार्काले स्पानिस ला लिगामा कोरोना भाइरसको संक्रमणपछि गरिएको एक अध्ययनमा खेलाडीको चोट झन बढेको देखिएको हो ।

कोरोनापछि ला लिगामा भएको ११ चरणका खेलमा कुल ११६ खेलाडी घाइते भएको तथ्यांक पाइएको छ ।

ला लिगामा कोरोनापछि घाइते भएका खेलाडीमा ८२ वटा मांसपेशीको समस्या देखिएको छ जुन ७१ प्रतिशत हो । फिफा र यूईएफको डाटाले यही समयमा मांसपेशीको समस्या खेलाडीमा १०५ प्रतिशतले बढ्ने जनाएको थियो ।

अर्कोतर्फ अन्तिम चरणको खेलमा मात्र २९ प्रतिशत खेलाडीमा मात्र पीडादायी चोट देखिएको रिपोर्टले देखाएको छ ।

यस्तै जुनमा फुटबल फेरि सुरु भएपछि खेलको अन्तिम ३० मिनेटमा धेरै खेलाडी घाइते भएका छन् । लिग अगाडि बढ्दै गएपछि भने ३० देखि ६० मिनेटको बीचमा घेरै घाइते भएको पाइएको छ ।

ला लिगामा शीर्ष टिमहरुभन्दा अंकतालिकामा पुछारतिर रहेका टिमका खेलाडीहरुमा धेरै चोट देखिएको छ । जसमा रियल भालाडोलिडका १५, लेगानेसका १०, भ्यालेन्सियाका ९ जना खेलाडी घाइते भएका छन् । भिल्लारियाल र लेभान्टेका २ खेलाडी मात्र घाइते भएका छन् ।

सिजनको बाँकी खेलमा घाइते भएका मध्ये ३० प्रतिशत खेलाडीको चोट केही गम्भीर भएको पाइएको छ जसले गर्दा उनीहरुले एकभन्दा बढी खेल गुमाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment