Comments Add Comment

आयरल्याण्डविरुद्धको सिरिजका लागि इंङ्लिस टोली घोषणा

१२ साउन, काठमाडौं । आयरल्याण्डविरुद्ध हुने एकदिवसीय सिरिजका लागि इंग्ल्याण्डको क्रिकेट टोली घोषणा भएको छ ।

जो रुटको कप्तानीमा इंग्ल्याण्डको टेष्ट टिम वेष्ट इन्डिजविरुद्धको टेष्ट सिरिज खेलिरहेका बेला इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले सोमबार आयन मोर्गनको कप्तानीमा १४ सदस्यीय एकदिवसीय टोली घोषणा गरेको हो । यस्तै ३ खेलाडीलाई रिजर्भमा राखिएको छ ।

यही जुलाई ३० देखि साउथह्याम्पटनमा सुरु हुने उक्त सिरिज आईसीसी विश्वकप सुपर लिग अन्तर्गत पहिलो सिरिजसमेत हुनेछ ।

रिस टोपलेले चार वर्षपछि पहिलो पटक एकदिवसीय टिममा स्थान बनाएका छन् । यस्तै साम विलिङ्स लियम डवसन र डेभिड विलीले पनि पुनरागमन गरेका छन् ।

अलराउण्डर मोइन अलीलाई यसअघि नै उपकप्तान चयन गरिसकेको छ । यसबाहेक एक वर्षअघि विश्वकप जितेका खेलाडीहरु ज्यासन रोय, टम कुरान जोनी बेयस्टर्व, एदिल रसिद, जेम्स भिन्स पनि टिममा छन् ।

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट खेलेपछि टिमबाट बाहिरिएका जोय डेन्ली पनि टिममा परेका छन् ।

हाल टेष्ट खेलिरहेका जोफ्रा आर्चर, जोस बटलर, जो रुट, बेन स्टोक्स, क्रिस वोएक्स, मार्क उड जस्ता खेलाडीलाई भने एकदिवसीय टिममा राखिएको छैन ।

इंङ्ल्याण्ड टिम : आयन मोर्गन (कप्तान) , मोइन अली, जोनी बेयस्टर्व, टम बान्टन, साम विलिङ्स, टम कुरान, लियम डवसन, जोय डेन्ली, सकिव महमुद, एदिल रसिद, ज्यासन रोय, रिस टोपले, जेम्स भिन्स, डेभिड विली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment