+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सबै रुटमा सार्वजनिक सवारी खोल्न व्यवसायी र मजदुरहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १८:२३

१२ साउन, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सबै सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् ।

सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेको छ । अहिले सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्रको सवारी मात्रै सवारी चलिरहेको  छ ।

यसले गर्दा जिल्लाभित्रको लामो दूरीको सीमानासम्म यात्रुले यात्रा गर्ने र त्यहाँबाट जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जिल्ला पार गरेर अर्को सवारी समात्नुपर्ने बाध्यता भएको भन्दै लमो दूरीमा पनि सवारी चलाउने वातावरण बनाउन माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सोमबार महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा प्रश विज्ञप्ति जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लमा जानुपर्ने यात्रुले झिटिगुन्टा, बालबच्चा बोकेर, घाम पानी झेलेर पैद हिँड्नु परेको बताएका छन् ।

यसले गर्दा बालबालिका र वृद्धवृद्धा बढी समस्या परेको भन्दै यी संघसंस्थाले अव्यवहारिक निर्णय उल्ट्याएर सबै खालका रुटमा सार्वजनिक सवारी चलाउन दिन सरकारसँग माग गरेका छन् ।

कोरोना सवारीसाधनबाट नभई मान्छेबाट मान्छेमा सर्ने भएकाले त्युसलाई ध्यानमा राखेर सतर्कतासहित सवारी चलाउन दिनुपर्ने माग उनीहरुको छ ।

विज्ञप्ति जारी गर्नेहरुले निजी सवारीले चर्को भाडा असुलेर सावधानी नअपनाई यात्रु ओसरिरहेको भन्दै सरकाकरो ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?