Comments Add Comment

भ्याक्सिनबाट ‘हेपाटाइटिस बी’को नियन्त्रणमा मिलेको सहयोग 

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको हेपाटाइटिस रोकथामका लागि हरेक वर्षको जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्षको हेपाटाइटिस दिवसमा ‘द मिसिङ मिलियन्स’ भन्ने नारा तय गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २९ करोड मानिस आफूलाई ‘हेपाटाइटिस बी’ भएको बारेमा बेखबर छन् । यस वर्षको हेपाटाइटिस दिवसमा संगठनले विश्वभर आफूलाई हेपाटाइटिस भएको जानकारी समेत नभएकाहरूको पहिचान गर्नेबारेमा जागरुकता बढाउन आह्वान गरेको छ।

यसका साथै संगठनले विश्वभरि ‘हेपाटाइटिस बी’ संक्रमित बच्चाहरू अब केवल एक प्रतिशत मात्रै बाँकी रहेको आँकडा समेत तयार पारेको छ ।

संगठनको अनुमानअनुसार ‘हेपाटाइटिस बी’बाट पीडित पाँच वर्ष मुनिका बच्चाहरुको अनुपात २०१९ मा प्रि-भ्याक्सिन युग (१९८० – २००० को सुरुवात) को बराबरजस्तै थियो । जुन आँकडा अहिले १५ प्रतिशतमा पुगेको छ । यो डाटाले भाइरल हेपेटाइटिसको उन्मूलनको यो कदम कोशेढुंगा सावित भएको उल्लेख गरेको छ ।

डब्ल्यूएचओका डा टेड्रोस अधनान ‘हेपेटाइटिस बी खोपको अभावले गर्दा संसारमा कुनै पनि बच्चाले मर्न नहुने तर्क गर्छन् ।’ उनले आज यो कोशेढुंगा हासिल गर्नुको अर्थ हामीले भावी पुस्तालाई कलेजो रोग र पेनक्रियाज क्यान्सरले मर्नेछैनन् भन्नु रहेको बताए । ‘बच्चाको ट्रान्समिसन रोग नियन्त्रण गर्न र जीवन बचाउनका लागि हेपाटाइटिस बि खोप सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।

भाइरल हेपेटाइटिस के हो ?

भाइरल हेपेटाइटिस एउटा यस्तो रोग हो, जसले भाइरसका कारण कलेजोमा असर गर्छ । भाइरल हेपाटाइटिसका दुई प्रकार हुन्छन् । एउटा संक्रामक हेपाटाइटिस र अर्को रगतले सार्ने हेपाटाइटिस । संक्रामक हेपेटाइटिस खाना र पानीबाट फैलिन्छ र रगतले सार्ने हेपाटाइटिसहरू शरीरको तरल पदार्थहरूको सम्पर्कमा हुँदा फैलन्छ ।

संक्रामक हेपाटाइटिसमा ए र इ देखा पर्छ भने रगतले सार्ने हेपाटाइटिसमा बी र सी देखा पर्छ । विश्वव्यापी रूपमा २५ करोडभन्दा बढी मानिसहरू दीर्घकालीन रुपमा यस रोगको संक्रमणका साथ बाँचिरहेका छन् । त्यस्ता, बच्चाहरू विशेष गरी कमजोर हुन्छन् । यो रोगले कलेजोमा आक्रमण गर्छ र प्रत्येक वर्ष लगभग ९ लाख जना यसैका कारण मर्छन् ।

सुरक्षित र प्रभावकारी खोपको माध्यमबाट शिशुहरूलाई हेपाटाइटिस रोगबाट जोगाउन सकिन्छ, जसले संक्रमणविरुद्ध ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्छ । डब्ल्यूएचओ सुझाव छ कि सबै शिशुहरूका लागि सकेसम्म चाँडो आफ्नो ‘हेपाटाइटिस बी’ खोप प्राप्त गर्नुपर्छ । यो बढीमा २४ घण्टाभित्र र कम्तीमा जन्मको २ घण्टापछि लगाउनु पर्छ ।

हेपाटाइटिस विकासशील देशहरूका लागि ठूलो रोग हो । हेपाटाइटिस सी जति खतरनाक हुन्छ हेपाटाइटिस बी पनि उत्तिकै खतरनाक हुन्छ । तसर्थ, भाइरल हेपाटाइटिसबाट बच्न उनीहरूको बारेमा जान्नु महत्वपूर्ण छ र त्यसपछि मात्र तपाईं आफू र आफ्ना मानिसहरूलाई यस रोगबाट बचाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment