+
+

सीटीईभीटीको परीक्षा भदौ दोस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १७:०५

१३ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ । सरकारले कोभिड–१९ महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।

सरकारले भदौ महिनादेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आफूहरूले परीक्षाको तयारी गरेको सीटीईभीटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?