Comments Add Comment

त्रिचन्द्र कलेज सार्ने गरी ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव

१३ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसअनुसार प्राधिकरणले साविकको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेज सार्ने प्रस्ताव गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनामा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ ।

उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारिएको छ ।

जसमा सुरुवाती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र  कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्ऽ कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रबलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ डिजाइन सम्पन्न भएको र चालू आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट १० करोड रुपैयाँ बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको उल्लेख गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापकहरु, विद्यार्थी संघसंगठनका पदाधिकारीहरुसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको उल्लेख गरेका छन् ।

२०७६ साल भदौ ५ मा प्राधिकरणका प्रमुख कार्यकारी अघिकृत ज्ञवाली, सचिव शिवहरी शर्मा, त्रिभुवन विश्व विद्यालयका उपकूलपति प्रा.डा. तिर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिष्ट्रार त्रिचन्ऽ कलेजका क्याम्पस प्रमुख लगायतबीच छलफल भएको थियो ।

जसमा जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन बनाउन प्रस्ताव गरिएको थियो । कलेजको भवनको रेट्रोफिटिङ र नयाँ भवन बनाउनेबारे छलफल भएको थियो ।

२०७६ साल माघ १५ गते पुनः प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिचन्ऽ कलेजका क्याम्पस प्रमुखसहितको बैठकमा घण्टाघरतर्फको भवन प्रबलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० वटा कोठाको पि्रˆयाव भवन बनाउने कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अघि बढाउने र घण्टाघर पछाडिको जग्गामा भवनको डिजाइन कार्य अगाडि बढाउनेबारे छलफल भएको थियो ।

बैठकमा जमलस्थित पहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रि-चन्द्र कलेजको भवन निर्माण गर्न त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्ऽ कलेजद्वारा प्राधिकरणसमक्ष राखेको प्रस्तावमा छलफल हुँदा त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गर्ने र प्राधिकरणले बजेट व्यवस्था मिलाउने सहमति भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार राष्ट्रिय पुस्तकालयको महत्वलाई ध्यानमा राखी पहिले नै राष्ट्रिय पुस्तकालय रहेको पुल्चोकस्थित हरिहर भवनमा राष्ट्रिय पुस्तकालय एवं राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायहरु रहने गरी बोलपत्र आहृवान भएको र निर्माण व्यवसायी छनौटको चरणमा रहेको जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माका अनुसार हरिहर भवन पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँको व्यवस्था भइसकेको छ ।

सुरुमा राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवनमा नै राष्ट्रिय पुस्तकालय बनाउने बारेमा राष्ट्रिय पुस्तकालयसँग परामर्श गरी तीन वर्षअघि नै गुरुयोजना तयार पारिएको थियो । तर, भारतीय एक्जिम बैंकको सहयोगमा पुनर्निर्माण गर्ने कार्यमा ढिलाइ हुँदा मन्त्रिपरिषद्ले जमलमा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अब बस्ने निर्देशक समितिको बैठकमा उक्त गुरुयोजना पेश गरिने भएको छ । प्रस्तावित गुरुयोजनाको प्रस्ताव पारित भइ कार्यान्वयन गर्दा खाली ठाउँसहित काठमाडौं उपत्यकाको मुहार फेर्न सकिने ज्ञवालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment