+

इन्टर र एटलान्टा विजयी

२०७७ साउन  १४ गते ८:४९ २०७७ साउन १४ गते ८:४९
इन्टर र एटलान्टा विजयी

१४ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् ।

दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे ।

इन्टरले यसअघि नै युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । तर यस हार नापोलीको लागि भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन। यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ । नापोलीको समान खेलबाट ५९ अंक छ ।

उता तेस्रो स्थानको एटलान्टाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पार्मालाई २-१ ले पराजित गरेको छ । ४३औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै पार्मालाई पहिले अग्रता दिलाएका थिए ।

तर एटलान्टाले दोस्रो हाफमा दुई गोल फर्कायो । ७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले एटलन्टाका लागि बराबरी गोल फर्काए । ८४औं मिनेटमा एलेजान्द्रो गोमेजले गोल गर्दै एटलान्टालाई जित दिलाएका हुन् । जितपछि एटलान्टाले ३७ खेलबाट ७८ अंक जोडेको छ । पार्मा ४६ अंकसहित ११औं स्थानमा छ ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय