Comments Add Comment

सीपीएल खेल्न सन्दीप लामिछाने बिहीबार चार्टर्ड फ्लाइटमा जाने

१४ साउन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बिहीवार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल टी-२० खेल्नका लागि सन्दीप जुलाई ३० तारिखमा त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । सन्दीपले सीपीएलमा यस सिजन जमाइका तल्लाहवाजबाट खेल्नेछन् ।

कोरोना महामारीका कारण अहिले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण सन्दीप कसरी सीपीएल खेल्न जाने भन्ने अन्यौल थियो । तर उनी सन्दीप चार्टर्ड फ्लाइटबाट अमेरिका हुँदै त्यसतर्फ प्रस्थान गर्ने पक्का भएका छन् ।

सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार १० बजे कोरियन एअरलाइन्सको चार्टर्ड फ्लाइटमा अमेरिका हुँदै वेष्ट इन्डिज जानेछन् । सन्दीप अगष्ट १ मा प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नेछन् ।

सीपीएल खेल्न जानुअघि सन्दीपले मंगलबार स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । जसको रिपोर्ट बुधबार आउनेछ ।

ट्रिनिदाद एन्ड टोबागो सरकार र सीपीएल आयोजकले  प्रतियोगिता खेल्न दुई साता होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान राखेको छ । त्यसैले अगष्ट १ भित्रै खेलाडीलाई प्रतियोगितास्थल पुग्न भनिएको छ ।

सन्दीपले तेस्रो पटक सीपीएल खेल्न लागेका हुन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन् । सीपीएलमा जमाइका उनको तेस्रो टोली हो । जमाइकाले सन्दीपलाई महँगो रकममा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

सन्दीप आबद्ध जमाइकाको पहिलो खेल अगष्ट १९ मा सेन्ट लुसिया जौक्ससंग खेल्नेछ । यस सिजनको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबाटो नाइट राइडर र गुएना अमेजन वारियर्स भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment