+
+
Shares

अफगानिस्तानमा कार बम विष्फोट, कम्तीमा १७ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १३:२०

१६ साउन, काठमाडौं । अफगानिस्तानको लोगार प्रान्तमा एक सरकारी कार्यालयनजिकै बिहीबार शक्तिशाली कार बम विष्फोट भएको छ । तालिबानले मुसलमानको चाड इदको अवसरमा घोषणा गरेको युद्धविरामको पूर्वसन्ध्यामा यो विष्फोट गराइएको हो । यद्यपि तालिबानले भने यो घटनाको जिम्मेवारी लिएको छैन । यस विषयमा इस्लामिक संगठन (आईएस)ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो विष्फोट आत्मघाती हुन सक्ने लोगारको गभर्नरका प्रवक्ताले बताएका छन् । यो विष्फोट गराइएको स्थानमा धेरै मानिसहरु इदको लागि आवश्यक सामग्रीहरु खरिद गरिरहेका थिए । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले आतंकवादीहरुले इदको अघिल्लो रातमा आक्रमण गरेको र यो आक्रमणमा धेरै मानिसहरुको मृत्यु भएको बताएको छ । तालिबानका प्रवक्ताले भने यो घटनासँग तालिबानको केही पनि लिनुदिनु नरहेको बताएका छन् ।

तालिबान र अफगानिस्तान सरकारको बीचमा शुक्रबारदेखि शुरु हुने गरी तीन दिने युद्धविरामको सम्झौता भएको थियो । अफगानिस्तान र तालिबानको बीचमा स्थायी युद्धविरामको सम्भावना पनि कायमै छ तर अहिले कैन्दी रिहा गर्ने विषयमा कुरा नमिल्दा यो प्रक्रियामा ढिलाइ भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?