+
+
Shares

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा सदस्य थापा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १७ गते २१:१८

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् ।

कैलालीको धनगढीबाट जुगेडातर्फ जाँदै गर्दा पछाडीबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

उनले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । `उहाँलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ´ बिष्टले भने ।

अछाम घर भएकी थापा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । थापालाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?