Comments Add Comment

नेता पौडेलले भेटे अनशनरत ‘ई’

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना रोकथाममा प्रभावकारी कदम चाल्न माग गर्दै अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका ‘ई’सँग भेट गरेका छन् । नेता पौडेल आइतबार दिउँसो अनशनस्थल बसन्तपुर पुगेर ‘ई’सँग भेट गरेका हुन् ।

भेटमा वरिष्ठ नेता पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेलचेक्राइविरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा समर्थन जनाएका छन् ।

पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनशन नै बस्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । नेता पौडेलले सरकारलाई अटेरीको संज्ञासमेत दिएका छन् ।

उनले अनशनमा रहेकाहरुको माग सम्बोधनका लागि सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । पौडेल केन्द्रीय सदस्य दिलेन्द्र बडूसहित अनशन स्थल पुगेका थिए ।

‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक अनशनमा छन् । यसअघि उनी पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा अनशन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment