+
+

विशालको फिल्ममा आर्यन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १३:३४

नायक आर्यन सिग्देलले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले निर्देृशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । विशालले चलचित्र ‘सेल्फी किङ्ग’को निर्देशन गरेका थिए । तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो ।
आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनी सम्म र च च हुई’ पनि गतबर्ष नराम्रोसँग पछारिएको थियो ।

अब, विशाल र आर्यनले नयाँ चलचित्रमा टिमअप गर्दैछन्, जसको लोकेशन हेर्नका लागि उनीहरु पोखरामा छन् । चलचित्रका लागि नायक आर्यन सिग्देल मात्र फाइनल भएको बताइएको छ ।

यो चलचित्रलाई सानो बजेट र सानो टिममा बनाउने तयारी विशालको छ । कोरोना महामारीपछि धेरै चलचित्र मेकरहरु महंगो बजेटमा चलचित्र बनाउने मुडमा छैनन् । विशालले चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक बनाउने तयारी समेत गरेका छन् । आर्यनसँगको प्रोजेक्ट रिलिज भएपछि नयाँ चलचित्रको तयारी थाल्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?