
नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । सलमानले ‘राधे’पछि कुन चलचित्रमा काम गर्दैछन् भन्ने कौतुहलता उनको फ्यानहरुमा छ ।
नायक सलमान खानले केही दिन अगाडि चलचित्र निर्माण हुन लागेको संकेत गरेका थिए । भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई मनिष शर्माले निर्देशन गर्दैछन् । मनिषले नायक साहरुख खानसँग चलचित्र ‘फ्यान’मा काम गरेका थिए । यो चलचित्र बक्स अफिसमा असफल भएको थियो ।
‘एक था टाइगर’ हिट भएपछि सलमानले ‘टाइगर जिन्दा हे’मा काम गरेका थिए । यसपछि, सलमानले ‘टाइगर ३’मा काम गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4