+
+

नेपाल एग्रोको सीईओमा बोहरा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते २०:०१

२० साउन, काठमाडौं । कालिका माइक्रोफाइनान्स छाडेको १५ दिनमै मिनबहादुर बोहरा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कालिकाको सीईओ रहेका बोहरा कार्यकाल बाँकी छदै ६ साउनमा बाहिरिएका थिए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओहरुलाई ६ महिनाको कुलिङ तोकेको छ । अर्थात कुनै एक बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको ६ महिना अघि कुनै सीईओले अर्को संस्थामा सीईओ हुन पाउदैनन् ।

यसकारण बोहरालाई नेपाल एग्रोको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिएर निमित्त सीईओकाे जिम्बेवारी दिएकाे हाे ।

संस्था सञ्चालक समिति श्रोत अनुसार ६ महिनाको कुलिङ पेरियड पुरा भए पछि बोहरा नै पूर्ण सीईओ हुनेछन् । यस अघि बैंकर्स संघका पूर्व अध्यक्ष एवं सेलिब्रेटी बैंकर अनिल शाहले पनि यहिँ उपाय लगाएर नविल बैंकको नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?