+
+

लकडाउन समाधान होइन : जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १५:११

२१ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लकडाउन समाधान नभएको निष्कर्ष निकालेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सामाजिक दुरी कायम गर्न र उपचारमा जोड दिनुपर्ने बताएका छन् ।

‘संक्रमित रोगको प्रकोप कैयन अवस्थामा वर्षौंसम्म रहन सक्दछ, त्यो स्थितिमा लकडाउन प्रकोप नियन्त्रणको लागि प्रमुख तरिका हुन सक्दैन’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत चार महिनाको लकडाउनले देशको अर्थतन्त्रमा काफी नकारात्मक प्रभाव परिरहेको छ ।’

पर्याप्त रुपमा पिसीआर परीक्षण हुन नसकेको, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी नभएको जनमोर्चाको ठहर छ । नेपाल–भारत सीमाबाट हुने अनियमित आवतजावत रोक्नुपर्ने, कोरोना भाइरससँग सम्बन्धित क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने उसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?