+
+
Shares

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १६:१६

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’

‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी हुने शोधपत्रमा उल्लेख छ ।

शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’

‘शहरमा रुख–विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको क्षेत्रलाई हराभरा बनाउन आवश्यक छ ।’

हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ ।

शोधमा संलग्न बेलायतस्थित युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुका अनुसार हराभरा रुख–विरुवायुक्त वातावरणको प्रभाव बच्चाको स्मरणशक्तिमा पनि पर्छ । ती बच्चाहरु जो रुख विरुवाले घेरिएको हरियालीले भरिएका शहरहरुमा रहन्छन्, उनीको स्मरण क्षमता अन्य बच्चाको तुलनामा राम्रो हुने कुरा शोधमा पाइयो ।

गाउँ  एवं नगरको प्रशासनले मात्रै होइन आम नागरिकले पनि रुखविरुवा लगाउने बारेमा सोच्नुपर्छ । आखिरमा यो तपाईं हाम्रा बच्चाको भविष्य सँग जोडिएको सवाल पनि हो ।

अध्ययनमा बेलायतका विभिन्न शहरमा बस्ने ११ वर्ष उमेर समूहका ४ हजार ७ सय ५८ बच्चाहरुलाई समावेश गरिएको थियो । अध्ययनमा उनीहरुको स्मरण क्षमताको स्तर पत्ता लगाइएको थियो ।

यसबाट हरियाली र बच्चाको स्मृति बीच गहिरो सम्बन्ध रहेको कुरा अगाडि आएको थियो छ । जुन बच्चाहरुको घर वरिपरि रुखविरुवा थियो उनीहरुको स्मरण शक्ति अन्य बच्चाको तुलनामा धेरै राम्रो थियो ।

फ्लोरीले भनेकी छिन्, ‘हाम्रो शोधले संज्ञात्मक ज्ञानमा हरियालीलको सकरात्मक भूमिकालाई बताउँछ । यसको सिधा असर बच्चाको शैक्षिक उपलब्धिमा पर्छ । खासगरी गणित विषयमा यसको सबैभन्दा ठूलो असर पर्छ जसमा धेरै शुत्रहरु याद गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?