+
+
Shares

भूमिसम्बन्धी आयोगको सदस्यमा देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १८:२४

२१ साउन, हेटौंडा। बागमती प्रदेश सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा केशव प्रसाद देबकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले गठन आदेश २०७६ बमोजिम प्रदेशको तर्फबाट आयोगको सदस्यमा देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले संगठन तथा ब्यवस्थापन सर्वेक्षण उच्चस्तरीय समिति गठन गर्ने, प्रदेश सञ्चार माध्यम ब्यवस्थापन (पहिलो संसोधन) नियमावली २०७७, यस्तै प्रदेश दुग्ध विकास बोर्ड (पहिलो संसोधन) विनियमावली २०७७ समेत स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?