+
+
Shares

बागमतीमा कांग्रेस संसदीय दलको नयाँ नेता छान्न निर्वाचन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ।
  • निर्वाचन समिति संयोजक हरिशरण श्रेष्ठ र सदस्य ऋषिराम घिमिरे, जीवन डंगोल रहने गरी गठन गरिएको छ।
  • मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा १५ मत पक्ष र २२ मत विपक्षमा परेको थियो।

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।

मंगलबार मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्ष/विपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएका हुन् ।

मत विभाजनका क्रममा लामाको पक्षमा जम्मा १५ मत परेको थियो भने उनको विपक्षमा २२ मते परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?