+
+
Shares

झरनामा नुहाउने क्रममा बेपत्ता युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १०:१२

२१ साउन, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा झरनामा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव भेटिएको छ ।

बुधबार दिउँसो सवा ३ बजे झरनाको दहमा बेपत्ता भएका ईच्छाकामना गाउँपालिका – ४ स्याकल्याङका २० वर्षका अभिषेक मगरलाई कुरिनटारस्थित सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको टोलीले मृत अवस्थामा फेला पारेको हो ।

अभिषेक स्थानीय विष्णु मगरसँगै झरनामा नुहाउन गएका थिए । त्यस क्रममा अभिषेक बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय मुग्लिनले सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयमा खबर गरेको थियो ।

सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारीसहितको उद्धारक तथा १३ जनाको गोताखोर टोलीले खोजतलास गर्दा साढे ४ बजे अभिषेक मृत अवस्थामा फेला पारेको शिक्षालयबाट समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालीदास धौबजीले जानकारी दिए । अप्ठेरो दहमा जोखिम मोलेर शवको खोजी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?