+
+

फिल्म छायांकनका लागि बेलायत उडे अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १४:०२

बलिउड नायक अक्षय कुमार बेलायत उडेका छन् । उनी, आज चलचित्र ‘बेल बटम’को छायांकनका लागि लण्डन उडेका हुन् । उनीसँग नायिका ट्विंकल खन्ना र उनका दुई सन्तान पनि लण्डन उडेका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन पुगेको हो । उनीहरु, चार्टर फ्लाइटको माध्यमबाट लण्डन उडेका हुन् ।

चलचित्रको छायांकनका लागि अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डन उडेका हुन् । कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु गर्न सकेका छैनन् ।

अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्र सन् १९८० को सेटमा छायांकन गरिनेछ । चलचित्रमा अक्षयको साथमा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?