+
+
Shares

सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

रासस रासस
२०७७ साउन २२ गते १५:४८

२२ साउन, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना  गरिएकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउए ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए । अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?