+
+
Shares

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १७:०७

२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ ।

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

१७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?