Comments Add Comment

आईटीएफको खेलाडी तथा प्रशिक्षक सम्मानित

२२ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।

२३ औं बार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा पुरुष तर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राजमन्दिर श्रेष्ठ र उदीयमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहेका छन् । यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ जिल्ला सम्मानित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटीएफका अध्यक्ष अञ्जन धमलाले २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्र प्रदान गरे ।

आईटीएफले आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, जस्तै रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, बृद्धहरुलाई खाना खुवाउने कार्यक्रम र बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment