Comments Add Comment

भरतपुरको होटल सिराइचुली दशैंपछि सञ्चालन हुने

२२ साउन, चितवन । चितवनको भरतपुरमा झण्डै ६० करोडको लगानीमा निर्माण भैरहेको होटल सिराइचुली दशैं लगत्तै सञ्चालनमा आउने भएको छ ।

गत बैंशाखमा नै निर्माण सकेर सञ्चालनमा ल्याउने भनिए पनि कोरोना भाइरसको संक्रमण र लामो लकडाउनका कारण काम ढिला भएको होटल सिराइचुली प्रालिले जनाएको छ । होटलको ८५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।

लकडाउनअघि दैनिक एक सय जनाले काम गरिरहेकोमा हाल ५० जना कामदारलाई क्वारेन्टिनमा राखेर काम लगाइएको होटलका अध्यक्ष चुडामणि खनालले जानकारी दिए । करिब १२.५ कठ्ठा क्षेत्रफलमा बनिरहेको होटल भरतपुर आसपास क्षेत्रकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न हुने दावी कम्पनीको छ ।

चितवनका २२ जना व्यवसायीको लगानी रहेको होटलमा ५० भन्दा बढी कोठा रहने छन् । होटलको टपमा स्वीमिङ पुल, ६ हजार स्वायर फिटको हल, ३ सय स्वायर फिटको तीन दुईवटा हल र साना हल ६ वटा रहने होटलका अध्यक्ष खनालले जानकारी दिए ।

खनालका अनुसार होटलमा दुई तला अण्डरग्राउण्ड पार्किङ, फिटनेस सेन्टर, दुई वटा लिफ्ट टपमा रेष्टुरेन्ट हुनेछ । होटल चार तारे स्तरको हुने दावी उनले गरे ।

लकडाउनका कारणले समयमा नै होटल सञ्चालन हुन नसक्दा लगानीकर्ता र सरकार दुबैलाई घाटा लागेको अर्का सञ्चालक बाबुराम उपाध्यायले बताए ।

‘एकातिर बैंकको ब्याज थपियो, लागत बढ्यो, अर्कोतिर सरकारले आउने राजश्व पनि आउन सकेन’ उपाध्यायले भने, ‘एक बर्ष जति लस हुने देखियो, ८ करोड ४० लाख घाटा लाग्ने अवस्था छ ।’ होटल सञ्चालनमा आएपछि १३० जनाले रोजगारी पाउने सञ्चालक उपाध्यायको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment