+
+
Shares

दोलखाको गौरीशंकरमा पहिरो : एकजनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १४:३०
फाइल तस्वीर

२३ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ चुइनटारमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार राति करिब ११ बजेको समयमा घरदेखि माथिको भिरबाट खसेको पहिरोले लक्ष्मण बुढाथोकीको घर पुरिँदा उनको घरमा वेल्डिङ सम्बन्धी काम गर्दै आएका कालिन्चोक गाउँपालिका–८ सुनखानी घर भएका करिब २९ वर्षका सुरेश शिवाकोटीको घटना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्रचार्यले जानकारी दिइन् । शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाइएको उनले बताइन् ।

प्रहरी निरीक्षक बज्रचार्यका अनुसार शिवाकोटीसँगै काम गर्दै आएका जाजरकोट ठेडागाड नगरपालिका–९ घर भएका २० वर्षीय लोकेन्द्र महतो चौधरी घाइते भएका छन् । चौधरीको सामुदायिक अस्पताल सिंगटीमा उपचारपछि डिस्चार्ज भइसकेको बज्रचार्यले बताइन् ।

प्रहरी निरीक्षक बज्रचार्यका अनुसार लक्ष्मण बुढाथोकीसहित, राजेन्द्र बुढाथोकी, रामबहादुर तामाङ, भरत आचार्य र ईन्द्रमाया बुढाथोकीको घर पहिरोले पुरिएर पूर्णरुपमा क्षति पुगेको छ ।
राजकुमार तामाङको घर भने पहिरोको उच्च जोखिममा रहेको उनले बताइन् । पहिरोले पाँच घर पुरिँदा र एक घर जोखिममा पर्दा सात जना बालबालिकासहित १९ जना विस्थापित भएको बज्रचार्यले जानकारी दिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?