Comments Add Comment

फेस टु फेस पढाइ तत्काल सम्भव छैन : शिक्षामन्त्री पोखरेल

२३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् ।

सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि बताए ।
सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे ।

विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको मन्त्री पोखरेलले बताए ।

उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गरे । ‘यो वा त्यो नाममा अब स्कुलसंग टिचर नगाँसिने भन्ने हुदैन । जान गाह्रो भयो भने पासका लागि गृह मन्त्रालयले मध्यस्तता गर्छ । पीसीआर (परीक्षण) गर्नु पर्ला त्यो पनि गर्नुस, स्थानीय तहले त्यसको ब्यवस्थापन गर्छ’ मन्त्री पोखरेलले भने ।

पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै सांसदहरुले पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भनी सोधेका थिए ।

पुरै शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएको पनि मन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment