Comments Add Comment

पिएसपी  : मस्तिष्क सम्बन्धी एक जटिल रोग

नेशनल हेल्थ सर्भिस, व्रिटेनका अनुसार प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) भनेको एक दुर्लभ स्थिति हो जसमा मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न तथा निल्नमा कठिनाई हुने गर्छ । यसकै कारण मस्तिष्कको कोशिकामा पनि असर पुग्ने गर्छ । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।

के कारणले हुन्छ पिएसपी ?

‘तउ’ नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको मस्तिष्क खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) हुने गर्छ । तउ मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर विग्रने गर्छ ।

पिएसपीबाट ग्रसित व्यक्तिहरुमा भने यो सही तरीकाले टुक्रदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग अलग आकार तथा संख्यामा हुनेगर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । सले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ ।

कस्ता हुन्छन् लक्षण ?

यसको लक्षण समय अनुसार बढ्नुका साथै गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोग झै हुने भएकोले यो रोग पत्ता लगाउन मुश्किल हुनसक्छ । यद्यपि, यी लक्षण देखा परेमा पिएसपी भएको हुनसक्छ ः

-शरीरको सन्तुलन कायम राख्न तथा हिँड्न–डुल्नमा कठिनाई

-लड्छु की भन्ने डर लागिरहने

-व्यवहारमा परिवर्तन आउने

-मांसपेशी कसिने

-आँखाको चालमा नियन्त्रण नरहने

-बोल्नमा कठिनाई

-निल्नमा समस्या

-स्मरणशक्ति हराउँदै जाने

कसरी पत्ता लगाउने रोग ?

यो रोगको कुनै परीक्षण नहुनु नै यसको सबैभन्दा ठूलो जटिलता हो । परीक्षण नहुने भएकै कारण यो रोग पुष्टि हुँदैन । रोगको लक्षणका आधारमा मात्र यो रोग पत्ता लाग्ने गर्दछ । त्यस्तै , यसको लक्षण पार्किन्सन्ससित मिल्दोजुल्दो हुने भएकाले पनि चिकित्सकहरुलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ ।  कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ । त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलाजिस्टको सहायता लिन सकिन्छ ।

के हो यसको उपचार ?

अहिलेसम्म प्रोग्रसिभ सुपरन्युक्लियर पाल्सीको कुनै उपचार फेला परेको छैन । तर यसबारे विभिन्न अनुसन्धान भने भईरहेको छ, जसले यसलाई नियन्त्रण गर्न सकियोस् र समस्या गम्भीर हुनबाट जोगियोस् । यद्यपी, यसको उपचार पनि अलग अलग हुने गर्छ ।

यो समस्या देखिएमा के गर्ने ?

-शरीरमा सन्तुलन कायम राख्न नियमित औषधि सेवन गर्ने ।

-हिँड्न–डुल्न तथा काम गर्नमा सजिलो होस् भन्नका लागि फिजियोथेरापिस्टको मद्दत लिन सकिन्छ ।

-बोल्न तथा निल्नमा सजिलो होस् भन्नका लागि स्पिच थेरापीको मद्दत लिन सकिन्छ ।

-धपेडी नगर्ने, सबै कुरा आरामले गर्न अक्युपेशनल थेरापी लिने ।

-हेर्न सजिलो होस् भन्नका लागि विशेष चश्माको प्रयोग गर्ने ।

-फिडिङ्ग ट्युबको मद्दतले खाना खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment