Comments Add Comment

‘मैले स्वतन्त्र रुपमा मुख खोले भने जेल जानसक्छु’

काठमाडौं । ५ अगष्ट, २०१९ मा भारतले जम्मु र कश्मीरलाई दिँदै आएको विशेष दर्जा हटाउने निर्णय गरेको थियो । त्यससँगै जम्मु र कश्मीरलाई दुई फरक केन्द्र प्रशासित क्षेत्रको रुपमा परिभाषित गरियो र अनिश्चितकालीन लकडाउन गरिएको थियो ।

कश्मीरको श्रीनगरमा बसेर अध्ययन गरेका जेहंगिर अलीले भारतको उक्त कदमले त्यहाँ अभिव्यक्ति स्वतन्त्रता कसरी खोसियो भन्ने प्रतिवेदन तयार पारेका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका मोदी सरकारले स्वतन्त्रता खोसेको केही महिनापछि मुस्लिम समुदायको बाहुल्यता रहेको एक गृहिणीले आफ्ना छोराका साथी इस्फाक कावालाई सतर्क रहन सुझाव दिइन् ।

स्याउ किसानकी ५८ वर्षीया पत्नी समिना बानोले कावालाई विना कारण कावालाई घरमा बस्न सुझाव दिएकी होइनन् । उनका २७ वर्षीय छोरा आशिक हुसेन दार सन् २०१४ मा कामका लागि घरबाट निस्किएका थिए । त्यसपछि उनी कहिल्यै पनि फर्किएनन् । आशिक पछिल्लो २० वर्षमा कश्मीरमा भारतीय शासनविरुद्ध सुरु भएको विद्रोहपछि हराएका हजारौं मानिसमध्ये एक थिए । बानो आफ्नो छोरालाई सेनार्ले पक्राउ गरेर लगेको र बेपत्ता पारेको बताउँछिन् । भारतीय सेनाले भने यस्ता आरोपहरु अस्वीकार गर्दै आएको छ ।

गत अगष्टमा भारतले चालेको कदम पनि बानोका लागि मुस्लिम बाहुल्य रहेको काश्मीर उपत्यकामा हुँदै आएको यसअघिको तनावको स्मरण मात्र थियो ।

यहाँ ८० लाख मानिसको बसोबास छ । जम्मु र कश्मीरलाई अलग गर्ने मोदी सरकारको निर्णयसँगै कश्मीरमा आम सञ्चारमा रोक लगाइएको थियो । सरकारको निर्णयको विरोध गर्ने राजनीतिक नेता, व्यवसायी र अभियान्ताहरु पक्राउ गरेका थिए । सुरक्षाकर्मीमाथि कुटपिट र यातना दिएको आरोप लाग्यो । भारतले भने त्यसलाई निरन्तर आधारहीन बताउँदै आएको छ ।

कावाले पनि बानोको सुझावलाई गम्भीर रुपमा लिए । अटोमोबाइल कम्पनीको मार्केटिङ एक्ज्युकेटिभको काम छाडे र साहित्यतर्फ लागे । उनले आफूसँग भएको रकमका साथै साथीहरुसँग ऋण लिएर आवश्यक उपकरण किने र आफ्नो कोठालाई रेकर्डिङ स्टुडियो बनाए । किनकी उनी आफ्ना कविताहरुको गीत बनाउन चाहन्थे ।

यसैक्रममा उनले एउटा गीत रेकर्डिङ गराए, जसमा जश्मू कश्मीर विभाजनको पीडा झल्काउने भाव समावेश थियो । उनले आमाबाट बिछोडिएको छोरा र लकडाउनबाट अलग भएकासाथीहरुको भावना गीतमा समावेश गरेका थिए ।

त्यसपछि नन्द बानी (प्रिय) नामक एक गीत रेकर्डिङ गरे, जसमा छोरा हराएपछि आमाको वेदना समावेश गरिएको थियो । यो गीतिको भिडियो अहिले युट्युबमा १५ लाख पटक हेरिएको छ भने आठ हजारभन्दा धेरै कमेन्ट आइसकेका छन् ।

कावाजस्तै धेरै मानिसहरुले शान्तपूर्वक लकडाउनमा पनि आफ्नो कामलाई निरन्तरता दिए । अहिले यो राज्यभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको छ । जम्मु कश्मीरमा सात हजार पाँच सयभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

००००

कश्मीरको स्वयत्तता खोसिनुभन्दा केही महिनाअघि कार्टुनिष्ट सुहाइल नकशबन्दीले समाचारपत्रले आफ्नो कार्टुन प्रकाशित गर्न छाडेपछि जागिर छाडेका थिए ।

लकडाउन भएपछि नकशबन्दी चित्र कोर्दैनथे । तर उनलाई आफ्ना सात वर्षका छोराको चिन्ताले सताउन थाल्यो । छोराको विद्यालय बन्द थियो र उनलाई साथीहरुसँग खेल्न जाने अनुमति पनि थिएन । उनी अहिलेको अवस्थाबारे बाबुसँग प्रश्न गर्थे । त्यसपछि नकशबन्दीले आफ्नो काम पुनः सुरु गरे ।

उनले बनाएको पछिल्लो एउटा कार्टुनमा श्रीनगरका घरहरुमा आगो लागेको र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुका बोलीसहितको धुँवा निस्किएको देखिन्छ ।

नेहरुले दिल्लीले कश्मीरका मानिसहरुको आत्मनिर्णयको अधिकार कायम राख्ने घोषणा गरेका थिए । यो कार्टुन सामाजिक सञ्जालमा उल्लेख्य शेयर गरिएको छ । उनको अर्को एक कार्टुनमा रुखमा बाँधिएका व्यक्तिले ‘स्टे होम, स्टे सेफ’ लेखिएको पत्रिका बोकेका देखाइएको छन् । उनी बाँधिएको पछाडिपट्टि कश्मीरको पोशाक लगाएका पर्यटकहरुको तस्वीर भारतीय फोटो ग्राफरले खिचिरहेका छन् ।

‘यसले मलाई उत्पीडनमा परेका कश्मीरीहरुको पीडालाई बाहिर ल्याउन सहयोग गर्‍यो’, नकशबन्दी भन्छन्, ‘मलाई थाहा छ मैले स्वतन्त्र रुपमा आफ्ना कुरा भन्न थालेँ भने मलाई जेल हालिन्छ । तर मैले आफ्नो कुरा खोलिनँ भने यसले मलाई धेरै असर गर्छ ।’

अधिकांश कलाकार र पत्रकार कश्मीरमा आफूहरुको स्वतन्त्रता गत अगष्टदेखि खोसिएको बताउँछन् । गत अप्रिलमा द हिन्दू समाचारपत्रका पत्रकारमाथि समाचारकै विषयलाई लिएर मुद्दा दायर गरिएको थियो । गत फेब्रुअरी महिनामा प्रतिबन्धित विभाजनवादी समुहको विज्ञप्तिको समाचार बनाएको आरोपमा आउटलुक क्यागेजिनका पत्रकार नासीर गनाईलाई प्रहरीले केरकार गरेको थियो । त्यस्तै प्रहरीबाट आम नागरिक मारिएको विषयमा समाचार बनाउँदा पत्रकारहरुले प्रहरी अधिकारीबाट कश्मीरको विषयमा सकारात्मक समाचार मात्र बनाउन धम्कीपूर्ण भाषामा चेतावनी दिने गर्छन् ।

पत्रकारमाथि अंकुश लगाउने र उनीहरुलाई सत्यतथ्य लेख्नबाट रोक्ने यस्ता धेरै घटना छन् । नाम नबताउने शर्तमा एक पत्रकारले यस घटनाले आफूलाई मानसिक तनाव परेको र आफू मनोपरामर्शका लागि डाक्टर कहाँ गउको सुनाए ।

अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले पनि कश्मीरमा पत्रकारमाथि हुने गरेका दुव्र्यवहार र धम्कीको १० घटना आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तो व्यवहारले कश्मीरका मानिसहरुमा डर तथा प्रतिहिंसाको भावना जन्माउने भन्दै एम्नेस्टीले चिन्ता व्यक्त गरेको छ । कश्मीरमा सामान्य अवस्था रहेको भन्दै बाहिर प्रचार गरिएपनि अघोषित सेन्सरसिप रहेको उसले बताएको छ ।

कश्मीरका मानिसहरुको लागि लकडाउन कुनै नौलो नभएको कश्मीरको चेम्बर अफ कमर्सले सार्वजनिक गरेको प्रतिवेदनमा पनि उल्लेख थियो । सन् १९८९ मा हतियारधारी विद्रोहीले भारतको शासनविरुद्ध आवाज उठाउन थालेपछि यो उपत्यकामा तीन हजार दिन लकडाउन भइसकेको छ । तर, गत वर्षको अगष्टयताको अवस्था भने पहिलाको लकडाउनको भन्दा निकै कठिन थियो ।

उच्च गतिको मोबाइल इन्टरनेटमा पनि प्रतिबन्ध लगाइएको थियो । निकै कमजोर कनेक्टिभिटीको कारण विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाएनन् । पछिल्लो एक वर्षमा यहाँको ८० प्रतिशत पर्यटन क्षेत्रको रोजगारी गुमेको छ । कश्मीर विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउने आइजाज अशरफ वानी अहिलेको अवस्थामा कश्मीरको विषयमा आशा गर्ने कुनै ठाउँ नरहेको बताउँछन् । यस्तो अवस्थामा युवाहरुले भारतीय शासनविरुद्ध बन्दुक उठाउनसक्ने उनको विश्लेषण छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment