+
+

पैसा विदेश पठाउने पीसीआर समाधान होइन, भीडभाड नगरौं : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २४ गते २०:४९

२४ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको अवस्थामा हामी आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने एका छन्।

काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक आफैं सजग नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न नसकिने बताए ।

कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ, त्यो त्यहीं सुरक्षित बस्नुहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यकाभित्र छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भने, ‘त्यति बेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो । पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो। ‘

सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्ने भन्दै उनले जुलुस निकाल्दैमा कोरोना नभाग्ने बताए । ‘बरु जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ,’ उनले भने ।

अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पारे ।

‘हामीले बुझ्नु पर्छ, पीसीआर भनेको औषधी होइन । जस्तो हामी ब्लड प्रेसर नाप्न जान्छौँ । बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ । त्यस्तै सुगर जाँच पनि बिहान र बेलुकी नै फरक परिसक्छ । पीसीआर पनि त्यस्तै हो,’ उनले भने,’यसले अहिले तत्कालको अवस्था मात्रै बताउने हो । पीसीआर गराउनु पर्यो भनेर अनसन बसेर आफैं हुलमुल गरिरहेका छन् । हुलमुल भएपछि कोरोना आफैं बढेर जान्छ ।’

पीसीआर परीक्षणबाट पैसा विदेश गइरहेको तर्फबाट पनि उनले सचेत गराए । ‘पीसीआर गर्दा प्रति व्यक्ति दश हजार जति खर्च पर्न आउँछ । पीसीआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनु पर्छ । यसबाट हाम्रो पैसा बाहिर गयो । फेरि पीसीआर गर्दैमा रोग नलाग्ने पनि होइन । अहिले यहाँ पीसीआर गरेर हामी कतै गयौँ भनेर त्यहाँ कुनै संक्रमित भेटिए फेरि कोरोना सरि नै सकेको हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?