२५ साउन, काठमाडौं । युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनल समीकरण पूरा भइसकेको छ । कोरोना भाइरस महामारीले गर्दा मार्चदेखि स्थगित भएको अन्तिम १६ को बाँकी खेलहरु सकिएका छन् ।
अब युरोपका दुई फुटबल प्रतियोगिताले मिनी नकआउट टुर्नामेन्टको स्वरुप लिने छन् ।
यसअघि फाइनलबाहेक नकआउट चरणका अन्य खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगमा हुँदै आएको थियो । कोरोनाको असरले गर्दा क्वाटरफाइनलदेखिका खेलहरु सिंगल लेगमा हुनेछन् । यस्तै प्रतियोगिताका बाँकी खेलहरु पनि एकै देशमा हुनेछ ।
च्याम्पियन्स लिगका खेलहरु पोर्गुचलको लिस्वनमा खेलाइनेछ । युरोपा लिग भने जर्मनीमा हुनेछ ।
च्याम्पियन्स लिगमा पुग्ने क्लबहरुमा स्पेनबाट बार्सिलोना र एट्लेटिको मड्रिड तथा जर्मनीबाट बायर्न म्युनिख र लाइपजिग, फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र लियोन छन् । यस्तै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र इटलीबाट एटलान्टा छन् ।
यस्तै युरोपा लिगमा पुग्ने टिममा इंग्ल्याण्डबाट म्यानचेष्टर युनाइटेड र वल्भ्स, स्पेनबाट सेभिया, इटलीबाट इन्टर मिलान, जर्मनीबाट बायर लेभरकुजन, स्वीट्जरल्याण्डबाट बासेल, युक्रेनबाट साख्तर डोनेस्क र डेनमार्कबाट कोभनहेगन छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु अगष्ट १२ देखि सुरु हुनेछ र फाइनल अगष्ट २३ मा हुनेछ । यस्तै युरोपा लिगको क्वाटरफाइनल खेलहरु अगष्ट १० मा शुरु हुनेछ र फाइनल अगष्ट २१ मा हुनेछ ।
च्याम्पियन्स लिग क्वाटरफाइनल खेल तालिका
अगस्ट १२ : एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी)
अगस्ट १३ : लाइपजिगविरुद्ध एटलेटिको म्याड्रिड
अगस्ट १४ : बार्सिलोनाविरुद्ध बायर्न म्युनिख
अगस्ट १५ : म्यानचेस्टर सिटीविरुद्ध लियोन
युरोपा लिग क्वाटरफाइनल खेल तालिका
अगस्ट १० : इन्टरविरुद्ध बायर लेभरकुजन
अगस्ट १० : म्यानचेष्टर युनाइटेडविरुद्ध कोभनहेगन
अगस्ट ११ : वल्भ्सविरुद्ध सेभिया
अगस्ट ११ : साख्तर डोनेस्कविरुद्ध बासेल
प्रतिक्रिया 4