+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १८:०३

२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गरिएको प्रजिअ पौडेलले बताए ।

प्रशासनले आइतबार जारी गरेको सूचनामा भनिएको छ ,‘अत्यावश्यक कामबाहेक कुनैपनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध छ ।’ यदि कसैले निषेधाज्ञा आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कडा कारबाही हुने सूचनामार्फत चेतावनी दिइएको छ ।

खाद्यान्न र तरकारी पसलका सन्दर्भमा भने प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दुरी कायम गरी बिक्री गर्न पाइने सूचनामा उल्लेख छ ।

छिमेकी मुलुक भारतबाट हुने सामग्री ढुवानीबाहेकका अन्य सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गर्ने र सिमानाका पूर्ण रुपमा सिल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?