+
+

प्रहरी कन्ट्रोलमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १०:१६

२६ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।

संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?