Comments Add Comment

युरोपा लिगमा आज राति दुई क्वार्टरफाइनल खेल

२६ साउन, काठमाडौं । यूरोपा लिग अन्तर्गतका क्वार्टरफाइनलका खेलहरू सोमबार रातिदेखि शुरू हुँदैछन् ।

युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा यस सिजन अन्तिम ८ देखिका खेलहरु जर्मनीमा हुनेछ । कोरोना भाइरसले नियमित तालिका प्रभावित भएपछि क्वार्टरफाइनल देखिका खेलहरु सिंगल लेगमा खेलाइनेछ ।

अब क्लबहरुले एक खेल जित्नेबित्तिकै सेमिफाइनल पुग्नेछ । सोमबार राति हुने क्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले डेनिस क्लब कोपनहेगन र इटालियन क्लब इन्टरमिलानले जर्मन क्लब बायर लेभरकुजनसंग खेल्नेछ ।

खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment