+

एन्फाको साधारण सभा स्थगित

२०७७ साउन  २६ गते १८:०३ २०७७ साउन २६ गते १८:०३
एन्फाको साधारण सभा स्थगित

२६ साउन काठमाडौं । आगामी भदौमा हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा स्थगित भएको छ ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै भदौ १५ गते गर्ने भनिएको साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ । यसअघि कार्यसमितिको भर्चुअल बैठकले भदौ १५ मा साधारणसभा गर्ने निर्णय गरेको थियो ।

तर, कोरोनाभाइरसको संक्रमण दर बढ्दै गएकोले अवस्थालाई मध्यनजर गर्दै साधारण सभा स्थगित गरिएको एन्फाले जनाएको छ ।

‘कोभिड-१९ को संक्रमण दर बढ्न थालेको, समुदाय स्तरमै संक्रमण हुन सक्ने जोखिम देखिएकाले सरकारको संक्रमण रोकथाम गर्ने निकायबाट भेला, गोष्ठी, सम्मेलन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा भदौ १५ गते निर्धारण गरिएको एन्फाको १९ औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’ एन्फा प्रवक्ता तथा केन्द्रिय सदस्य किरण राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि एन्फाले भर्चुअलरुपमै भए पनि साधारण सभा गर्ने जनाएको थियो । तर अब कोरोना महामारीले गर्दा साधारण सभा अझै पर धकेलिएको छ । यसअघि पनि कोरोनाकै कारण २०७६ चैतमा हुनुपर्ने साधारण सभा सरेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय