+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सबै अस्पतालमा कोरोना संक्रमितलाई राख्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते २०:३५

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेसँगै कोरोना विशेष अस्पतालहरुमा शय्या अभाव हुन थालेको छ । काठमाडौं उपत्यकाका कोभिड अस्पतालहरुमा आइसोलेसन शय्याका साथै आईसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार धुलिखेलसहित उपत्यकाका ९ अस्पतालमा ४१३ जना आइसोलेनमा छन् भने एक जना भेल्टिलेटरमा र ३४ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

देशभरका आईसीयूमा ७३ संक्रमित उपचाररत छन्, जसमध्ये प्रदेश ३ मा ३४ र २ मा ३२ जना छन् । प्रदेश ५ मा ५ र १ मा २ जना छन् ।

नयाँ संक्रमितलाई अस्पताल भर्ना गर्न गाह्रो हुन थालेपछि मन्त्रालयले सबै अस्पताललाई कुल शय्या संख्याको २० प्रतिशत कोभिड–१९ का विरामीका लागि छुट्याउन भनेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा राखेका छौं । तर अस्पताल भर्ना गर्नुपर्नेलाई घरमा राखेर भएन । त्यसका लागि २० प्रतिशत बेड छुट्याउन भनेका हौं । यसले पुगेन भने ४०, ६० गर्दै पुरै अस्पताल लिनुपर्ने हुनसक्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भने सबै अस्पतालको साटो केही ठूला अस्पताललाई सरकारले लिएर कोरोना संक्रमितहरुलाई मात्र राख्नु उपयुक्त हुने बताउँछन् ।

‘मन्त्रालयको निर्णय मैले पढेको छैन तर मेरो व्यक्तिगत बुझाइ के छ भने सबै अस्पतालमा इन्फेक्सन प्रिभेन्सन र त्यसका लागि चाहिने जनशक्ति तयार छैनन्’ उनले भने, ‘त्यसैले सबैमा संक्रमित राख्दा अस्पताल नै संक्रमणको हब बन्नसक्छ ।’

त्यसैले अहिले केही ठूला अस्पताल, जहाँ इन्फेक्सन प्रिभेन्सन पनि छ र दक्ष जनशक्ति पनि छन्, त्यहाँ कोरोना संक्रमितहरुलाई राखेर उपचार गर्नु उपयुक्त हुने उनले बताए ।

यद्यपि संक्रमितको संख्या बढ्दै जाँदा सबै अस्पतालमा कोरोना संक्रमितलाई राख्नुपर्ने अवस्था आउन सक्ने सुवेदीले बताए । ‘त्यसबेला पनि अस्पतालहरुमा इन्फेक्सन प्रिभेन्सन भए नभएको हेर्नुपर्छ, अहिलेदेखि त्यसका लागि काम गर्न पनि सकिन्छ’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी पनि सबै अस्पतालमा कोभिडका बिरामी राख्दा संक्रमण सर्न जोखिम बढ्ने स्वीकार गर्छन् । तर चीनले जस्तो रातारात अस्पताल बनाउन सक्ने अवस्था नभएको भन्दै उनले भने, ‘विस्तारै व्यवस्थित गर्दै जानुपर्छ, सुरक्षा सावधानीका उपायहरु उपनाएर उपचार दिनुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?