+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मलामीको फोटो खिच्ने पत्रकारको परिवारमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते २०:१६

२६ साउन, सप्तरी । सप्तरीमा मृत्यु भएका पुरुषको अन्तिम संस्कारमा लागेको भीडको तस्वीर खिच्ने पत्रकारको परिवारका सदस्यमाथि आक्रमण भएको छ ।

राजविराज नगरपालकिा– १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । त्यस क्रममा सय जना भन्दा बढी मलामी गएको देखेपछि पत्रकार परिष कर्णले तस्वीर खिचेका थिए ।

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भीड देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।

फोटो लिएर उनी फर्किएलगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाइमाथि कुटपिट गरेको कर्णले बताएका छन् ।

‘म फोटो खिंचेर कार्यालयतर्फ गएको केहीबेरमै घरभित्र पसेर ‘कसले हाम्रो फोटो तान्यो’ भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।
पत्रकार कर्णका भाइ अन्जयले आफूहरुलाई केही बोल्न मौकै नदिई हातपात भएको बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताए । उनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?