+

युएईमा आईपीएल गर्न भारत सरकारको अनुमति

२०७७ साउन  २६ गते २०:३० २०७७ साउन २६ गते २०:३०
युएईमा आईपीएल गर्न भारत सरकारको अनुमति

२६ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को यस संस्करण युएईमा गर्न भारत सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरस महामारीले गर्दा भारतमा आईपीएल आयोजना गर्न अवस्था नभएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले युएईमा प्रतियोगिता गर्न अनुमति माग्दै त्यहाँको क्रिकेट बोर्डलाई पत्र लेखेको थियो ।

भारतीय सरकारले पनि युएईमा आइपीएलको १३ औं संस्करण गर्न अनुमति दिएको हो । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष ब्रिजेश पटेलले आईपीएलबारे यस विकसित घटनाको बारेमा पुष्टि गरेको ईसपीएनक्रिकइन्फोले जनाएको छ ।

बीसीसीआईले सैद्धान्तिक रुपमा अनुमति पाएपनि लिखित रुपमा अनुमति पाउन बाँकी छ । त्यसपछि एमिरेट्स क्रिकेट बोर्डसंग सम्झौता हुने जनाएको छ । पटेलले यही मिति नभनेपनि भारतीय सकारले यस हप्ताभित्र लिखित अनुमति दिने क्रिकइन्फोले जनाएको छ ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय