+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
37/1 (6.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १६:४९

२७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, सर्लाही र धनुषाका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुगेको छ ।

यस्तै, कर्णालीमा मंगलबार थप ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८९१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ११४ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?