Comments Add Comment

संक्रमितको सम्पर्कमा आएका ११ जनामा कोरोना

२७ साउन, पोखरा । कास्कीका ११ सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की ११ र स्याङजाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीका नयाँ संक्रमितमध्ये १० जना कन्टयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पोखरा-१९ मा ६२ वषर्ीय पुरुषको सम्पर्कमा आएका चार जनामा संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए । संक्रमित हुनेमा २५, ५२, ६१ र ८० वर्षका महिला छन् ।

उनको सम्पर्कमा ६ जनामा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ । कुनै ट्राभल हिस्टी नभएका उनी धर्म प्रवर्तक थिए । ‘सच्चाई’ धर्मका प्रवर्तक रहेका उनी मधुमेह र उच्च रक्तचापले सताएपछि आफैं अस्पताल पुगेका थिए । र उनको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रहरीको सम्पर्कमा आएका ७ जनालाई संक्रमण

यस्तै साउन २१ नदीपुरमा एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो । ड्युटीमै खटिएका बेला स्वास्थ्यमा समस्या आएपछि पोखरा ओम अस्पताल पुगेका उनको स्वाब संकलन गरी परीक्षण गर्दासंक्रमण पुष्टि भएको थियो ।

संक्रमित सुरक्षाकर्मीको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीहरु सुरक्षाकर्मी होइनन् । ‘उनीहरु आफन्त पनि छन्,’ पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले भने ।

गण्डकीमा मंगलबार बिहानमात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ सय ४८ पुगेको छ, उनीहरुमध्ये ५ जनाको मृत्यु भएको छ भने १४ सय ९३ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment