+
+

पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १५:४९

२८ साउन, काठमाडौं । गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन  कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?