+
+
Shares

रौहतटमा कर्मचारी र पत्रकारसहित २४ जना संक्रमित

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ साउन ३० गते १३:२९

२८ साउन, रौतहट । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।

गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।

विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु घरमै

पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । रौतहटका आइसोलेसन सेन्टरहरु खाली रहेको अवस्थामा पनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढेको गौरका स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?