+
+

सनराइज बैंकको नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १६:०१

३० साउन, काठमाडौं । सनराइज बैंकको नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विरण अनुसार १८ प्रतिशत भन्दा धेरै रकमले नाफामा गिरावट आएको हो ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ देखिएको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप संकलन ७५ अर्ब ४३ करोड रुपैयााबट बढेर ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६८ अर्ब ८६ करोड रुपैयाँबाट ८१ अर्ब ४ करोड पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ भने सिसिडि रेशियो ७१.३० प्रतिशत, आधार ब्याजदर ८.९५ प्रतिशत र स्प्रेडदर. ४.३७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?