Comments Add Comment

क्रिकेटबाट सन्यास घोषणा गरेका धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

३२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई २०२४ मा हुने निर्वाचन लड्न एक नेताले प्रस्ताव गरेका छन् ।

भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४ मा भारतका लागि डेब्यु गरेका धोनीले १६ वर्षपछि अब ब्लु जर्सीमा नखेल्ने निर्णय गरेका हुन् ।

यद्यपि धोनीले चेन्नाई सुपर किंग्सबाट भने आईपीएल टि-२० क्रिकेट खेल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि धोनीलाई भोलिपल्टै भारतीय जनता पार्टी (बिजेपी)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले लोकसभा निर्वाचन लड्न भनेका हुन् ।

स्वामीले आइतबार ट्विट गर्दै धोनीले क्रिकेट मात्र छाडेको र अरु केही नछाडेको भन्दै उनको नेतृत्वको प्रशंसा गरेका छन् साथै २०२४ को निर्वाचन लड्न सुझाव दिएका छन् ।

‘एमएस धोनीले क्रिकेटबाट सन्यास लिएका हुन् अरु कुनै कुराबाट होइन । समस्याहरुसँग लड्ने उनको क्षमता र एउटा टिमको प्रभावशाली नेतृत्व गर्न सक्ने जुन क्षमता उनले क्रिकेटका देखाएका छन् त्यो सार्वजनिक जीवनमा धेरै आवश्यक । उनले सन् २०२४ लोकसभा निर्वाचन लड्नुपर्छ,’ सुब्रमन्यम स्वामीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment