+
+

७ संस्थाको मेलः चलचित्र क्षेत्रको हितमा देख्न पाइएला ?

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १५:२१

चलचित्रसँग सम्बन्धि संघ संस्थाको मेल हुनु नराम्रो कुरा होइन । ७ वटा संस्थाहरु एकसाथ आएर विभिन्न बिषयमा निर्णय गर्दा त्यसले चलचित्र क्षेत्रलाई बलियो बनाउँछ । तर, यो मेल किन र केका लागि भन्ने प्रश्न भने उब्जन्छ ।

चलचित्रसँग सम्बन्धित ७ संस्थाहरु चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र द्धन्द्ध कलाकार संघ, चलचित्र नृत्यकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्राविधिक संघ एकसाथ आएर लकडाउनको समयमा केही निर्णय गरे । सरकारलाई कोरोनाका कारण समस्याग्रस्त भएको चलचित्र क्षेत्रको बिषयमा मागपत्र वुझाउँदा होस् या कलाकारहरुलाई गाली गलौज हुँदा एक हुने बिषय होस् वा एक संचारकर्मीलाई बहिष्कार नै गर्ने चेतावनी दिने बेलामा किन नहोस्, ७ संस्था एकसाथ आए ।
|
तर, उनीहरुले गरेका पछिल्ला २ निर्णय सर्वाधिक विवादमा देखियो । कलाकारलाई गाली गलौज गरे कानुनी कारवाही नै गर्ने धम्की दर्शकलाई दिदा होस् या एक संचारकर्मीको कार्यक्रम बहिष्कार गर्ने बिषयमा किन नहोस्, उनीहरु निर्णय कच्चा देखियो ।

चलचित्रसँग सम्बन्धित ७ संस्थाले अब यो क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा कती पटक बहस गरे होलान् । एक निर्माताले मैले हलबाट पैसा पाएको छैन भनेर कराउँदै गर्दा ती निर्माताको बिषयमा कती पटक बहस गरे होलान् । अनी, चलचित्र चलाउने समयमा निर्माता, वितरक र प्रदर्शक विच देखिने बारम्बारको जुहारीको बिषयमा कती पटक निर्णय गरे होलान् ?

कोरोनापछि हल कसरी खुलाउने, चलचित्र कसरी रिलिज गर्ने, कलाकार, प्राविधिक, निर्देशक, वितरक, प्रदर्शक र निर्माताले कसरी काम गर्दा वातावरण सहज बनाउन सकिन्छ भनेर संस्थागत रुपमा छलफल गरेर सबैको हितका लागि काम हुन्छ कि हुदैन होला ?
कच्चा निर्णय गर्दा एक हुने संस्थाहरु अब चलचित्र क्षेत्रको हितका लागि बोल्ड निर्णय गर्दा पनि एक हुन जरुरी छ । जसले, चलचित्र क्षेत्रलाई अगाडि बढाउन सहज वातावरण बन्ने सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?