+
+
Shares

ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १५:३२

बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् ।

उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्नेछिन् । यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको ज्याकलिनको भनाई छ ।

भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएका छन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् ।

यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?