+
+
Shares

नबिल बैंकद्वारा आफ्ना ऋणीलाई ०.२५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:५९

१ भदौ, काठमाडौं ।  नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याजदर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन् ।’

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आºनो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?