Comments Add Comment

राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल नियुक्त

२ भदौ, काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसविच महेश दाहाललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दाहाललाई नियुक्त गर्ने निणृय भएको हो ।

बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो । सरकारले राजस्व सम्बन्धी नीतिगत काम गर्ने प्रयोजनका लागि स्थायी संयन्त्रको निर्माण गरेको छ ।

यससँगै अब हरेक वर्ष बजेट निर्माणका बेला बनाउने राजस्व परामर्श समितिको औचित्य सकिएको छ । स्थायी संयन्त्रले राजस्व सम्बन्धी सरकारलाई परामर्श तथा सिफारिस गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment